Section 5
समितिको बैठक
(१) समितिको बैठक अध्यक्षको निर्देशानुसार सदस्य–सचिवले बोलाउनेछ ।
(२) समितिका दुई तिहाई सदस्यहरुको उपस्थिति भएपछि बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) समितिको बैठकमा प्रस्तुत कुनै विषयमा उपस्थित सदस्यहरुको बहुमतको राय समितिको निर्णय मानिनेछ ।
(४) समितिको निर्णय सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(५) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।